नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

क्रान्तिकारी विद्यार्थी संगठनद्वारा निजी विद्यालय बन्द

निःशुल्क शिक्षा र शिक्षा ऐनको मागसहित आन्दोलन सुरु, निजीकरणको अन्त्यको माग

काठमाडौं — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज देशभरका निजी विद्यालयहरू बन्द गराएको छ। संगठनले शिक्षा क्षेत्रका विभिन्न समस्यामाथि आवाज उठाउँदै शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने माग राखेको छ।

क्रान्तिकारी विद्यार्थी संगठनका अनुसार, निःशुल्क शिक्षाको ग्यारेन्टी, शिक्षामा भइरहेको व्यापारीकरणको अन्त्य, र संविधानमा उल्लेखित मौलिक हकअनुसार निःशुल्क र समान पहुँचको शिक्षा सुनिश्चितता माग गरिएको हो।

संविधानअनुसार हरेक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको भए पनि त्यसको कार्यान्वयनमा सरकारले चासो नदिएको उनीहरूको भनाइ छ।

संगठनले चरणबद्ध आन्दोलन गर्ने घोषणा गर्दै, शिक्षा ऐन तर्जुमा प्रक्रिया तत्काल अघि नबढाए थप सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ।

आजको बन्दले धेरै निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ भने, अभिभावक र विद्यार्थीमा अन्योलता देखिएको छ।

शिक्षा मन्त्रालय र सरोकारवालाहरूले यस विषयमा संवाद गर्न आवश्यक रहेको जनाइएको छ।

Post a Comment

Previous Post Next Post