नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

तनहुँमा २,५९८ एम्पुल नियन्त्रित लागु औषधसहित दुई महिला पक्राउ

पृथ्वी राजमार्गको बेनिटार क्षेत्रमा चेकजाँचका क्रममा कालो झोलाभित्र लुकाइ ल्याएको अवस्थामा लागुऔषध बरामद

image_Area Police Office Aanbookhaireni,Tanahu 

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटार क्षेत्रमा रहेको पृथ्वी राजमार्गमा सवारी साधन तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा प्रहरीले २,५९८ एम्पुल नियन्त्रित लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–५ की ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन रहेको तनहुँ प्रहरीले जनाएको छ। उनीहरूले कालो झोलाभित्र लुकाईछिपाई ल्याएको अवस्थामा Diazepam, Phenergan, र Buprenorphine गरी ८६६/८६६ एम्पुल गरी कुल २,५९८ एम्पुल लागुऔषध फेला परेको हो।

पक्राउ परेका दुवै महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसार र कारोबारमा संलग्नलाई कारबाही गर्ने नीति अन्तर्गत नियमित निगरानी तथा चेकजाँच अभियान तीव्र बनाएको जनाएको छ।

Post a Comment

Previous Post Next Post