नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

मोरङको बूढीगंगामा अन्दाजी ३०–३५ वर्षकी महिलाको शव वेवारिसे अवस्थामा फेला

सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर छेउको घारीमा सडेको अवस्थामा शव भेटिँदा पहिचानमा समस्या, प्रहरीद्वारा जानकारी दिन आग्रह

मोरङको बूढीगंगा गाउँपालिका–६ को कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर छेउको घारीमा शनिबार साँझ एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ। स्थानीयले दुर्गन्ध आएपछि शव देखेर प्रहरीलाई खबर गरेका थिए।

मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार, सडेको अवस्थामा फेला परेको शव अन्दाजी ३०–३५ वर्ष उमेरकी महिलाको हो। शव कुहिएको र दुर्गन्धित भएकाले तत्काल पहिचान गर्न कठिनाइ भएको छ। “महिलाले लगाएको लुगा हेरेर पहिचानको प्रयास भइरहेको छ,” डिएसपी चुँडालले जानकारी दिइन्।

शवलाई अहिले कोशी अस्पताल विराटनगरमा पोष्टमार्टमका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र पहिचानका लागि प्रहरी सक्रिय रहेको बताइएको छ।

प्रहरीले उक्त महिला सम्बन्धी जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। घटनाले स्थानीय क्षेत्रमा सन्त्रास फैलिएको छ।

Post a Comment

Previous Post Next Post