नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

रङ्गेलीमा मलखाद अभावविरुद्ध किसानको चक्का जाम, तीनवटा मुख्य सडक प्रभावित

काली मन्दिर प्राङ्गणबाट सुरु भएको आन्दोलनले कानीपोखरी, विराटनगर र डाइनिया मार्गमा यातायात अवरुद्ध, सहज आपूर्तिको माग गर्दै आन्दोलन जारी रहने चेतावनी

मोरङ क्षेत्र नं. २ का किसान संघले मलखाद अभावका कारण सरकारको ध्यानाकर्षण गराउन आज (शुक्रबार) दिउँसो २ बजे रङ्गेलीको काली मन्दिर प्राङ्गणमा चक्का जामको घोषणा गरेको छ।

कानीपोखरी, विराटनगर र डाइनिया जाने सडक प्रभावित हुने अनुमान गरिएको छ। खेतीपातीको सिजनमा मल नपाएर किसान मर्कामा परेको भन्दै संघले दबाबमूलक आन्दोलन थालेको हो।

संघले मलखाद सहज आपूर्ति नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ। स्थानीय प्रशासनले जनजीवन प्रभावित नहोस् भनी आवश्यक सुरक्षा तथा समन्वयको पहल गरिरहेको जनाएको छ।

Post a Comment

Previous Post Next Post