महोत्तरीमा पत्रकारमाथि आक्रमण, प्रहरीको भूमिका प्रश्नमा

रक्सी पार्टीको सूचना पाएर रिपोर्टिङमा गएका पत्रकार दिवाकर शाहमाथि हमला, प्रहरी सुरक्षाविना छाडेर फर्किएको आरोप

पत्रकारहरूको सुरक्षा फेरि एकपटक प्रश्नचिन्हमा परेको छ। विशेष सूचनाका आधारमा मध्यरातमा सरकारी भवनभित्र ठूलो रकमको चलखेल र रक्सी पार्टी भइरहेको जानकारी पाएपछि महोत्तरीको जलेश्वर पुगेका पत्रकार दिवाकर शाह र उनको टोलीमाथि आक्रमण भएको छ। प्रहरी पनि उनीहरूसँगै घटनास्थल पुगेको भए पनि अचानक उनीहरू पत्रकारलाई सुरक्षा नदिई बीचैमा छाडेर फर्किएको बताइएको छ।

सुरक्षाको अभावमा अपरिचित समूहले पत्रकार शाह र क्यामेरापर्सनमाथि आक्रमण गरेका थिए। उनीहरूले क्यामेरा खोसेका थिए भने क्यामेराम्यान समेत घाइते भएका छन्। घटना सरकारी कार्यालय परिसरभित्रै भएको बताइएको छ।

प्रहरीको असहयोग र लापरवाहीप्रति आक्रोश व्यक्त गर्दै पत्रकार शाहले फेसबुक लाइभमार्फत आफ्नो गम्भीर असन्तुष्टि सार्वजनिक गरेका छन्। उनले भनेका छन्, "हामी प्रहरीको साथमा गएका थियौं, तर उनीहरू हामीलाई छाडेर भागे। हामीलाई असुरक्षित महसुस भएको छ।"

यो घटनापछि पत्रकारहरू, मानवअधिकारकर्मीहरू र विभिन्न पत्रकार संगठनहरूले आक्रोश व्यक्त गरेका छन्। संचारकर्मीमाथिको आक्रमण लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको चोट भएको भन्दै दोषीमाथि कडा कारबाही र पत्रकार सुरक्षाका लागि तत्काल कदम चाल्न माग गरिएको छ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad