नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

भारतको लुधियानामा नेपाली नागरिक किशन थापाको हत्या, दुई जना पक्राउ, १५ फरार

तेजधार हतियार प्रयोग गरी हत्या, भारतीय प्रहरीले अनुसन्धान तीव्र पार्दै— फरार आरोपीको खोजी जारी

भारतको पञ्जाब राज्य अन्तर्गत लुधियानामा एक नेपाली नागरिकको निर्मम हत्या भएको छ। नेपाली नागरिक किशन थापालाई एक समूहले तेजधार हतियार प्रयोग गरी हत्या गरेको भारतीय प्रहरीले पुष्टि गरेको छ।

घटनासँग सम्बन्धित रहेर भारतीय प्रहरीले हालसम्म दुई व्यक्तिलाई पक्राउ गरिसकेको छ, भने अन्य १५ जना फरार रहेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई अनुसन्धानको क्रममा राखिएको छ र फरारहरूलाई पक्रन सर्च अपरेसन चलाइएको छ।

किशन थापा भारतको लुधियानामा काम गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानका आधारमा हत्या आपसी विवाद वा पुरानो रिसइवीका कारण भएको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि वास्तविक कारणबारे थप खुलासा हुन बाँकी छ।

यो घटनाले प्रवासी नेपालीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। भारतीय प्रहरीले घटना गम्भीरतापूर्वक लिएको बताएको छ र नेपाली दूतावासले समेत जानकारी लिइरहेको स्रोतले जनाएको छ।

Post a Comment

Previous Post Next Post