नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

सर्लाहीको चेकपोस्टमा ठुलो मात्रामा काजु बरामद, परालभित्र लुकाएर ल्याइँदै थियो

काठमाडौँतर्फ जाँदै गरेको मिनी ट्रकबाट परालको भुसभित्र लुकाइएको काजु बरामद, ट्रक चालक पक्राउ

सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठुलो परिमाणमा काजु बरामद गरेको छ। आइतबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले चेकजाँचका क्रममा ग २ ख १४१८ नम्बरको मिनी ट्रकबाट उक्त काजु फेला पारेको हो।

प्रहरी निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले मदनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रकमा परालको भुसभित्र लुकाइछिपाई राखिएको काजु बरामद गरेको हो। तर, बरामद काजुको तौल तथा मूल्य भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।

उक्त ट्रकका चालक ५६ वर्षीय राजबंशी झा, जो बरहथवा नगरपालिका–१३ बसबरीया निवासी हुन्, उनी हाल प्रहरी नियन्त्रणमा छन्। ट्रकसहित काजु इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खाद्य सामग्रीको नाममा अवैध व्यापार गर्ने समूहको पहिचान गर्न गम्भीर अनुसन्धान थालिएको छ।

Post a Comment

Previous Post Next Post