नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

तातोपानी नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात, माउन्टेन हेलिकप्टरले ल्यायो एयरबसको हेलिकप्टर

चीनको बाटो हुँदै ४० फिटे कन्टेनरमा ल्याइएको हेलिकप्टर अहिले तातोपानी भन्सारमा जाँचपासको प्रक्रियामा, माउन्टेन कम्पनीसँग तीनवटा हेलिकप्टर हुने

नेपालमा पहिलोपटक तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर आयात गरिएको छ। माउन्टेन हेलिकप्टर प्रालिले फ्रान्सको एयरबस कम्पनीमा निर्मित एक हेलिकप्टर चीनको बाटो हुँदै तातोपानी नाकामा ल्याएको हो। कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी नेपाल भित्र्याइएको हो।

भुसालका अनुसार हेलिकप्टरका पंखा र अन्य पार्टपूर्जा खोलेर कन्टेनरमा राखिएको थियो। अहिले उक्त हेलिकप्टर तातोपानी भन्सार नाकामा छ, जहाँ जाँचपासको प्रक्रिया चलिरहेको छ। जाँचपछि सोही स्थानमा हेलिकप्टर पुनः फिट गरी उडाएर काठमाडौं ल्याइनेछ।

यसअघि कम्पनीले एउटा हेलिकप्टर भारतको कलकत्ता बन्दरगाह हुँदै वीरगञ्जमार्ग भएर काठमाडौं ल्याएको थियो। तर यो पहिलोपटक चीनको बाटो हुँदै तातोपानी नाकाबाट हेलिकप्टर ल्याइएको हो। भन्सार प्रमुख राजेन्द्र प्रसाद चुडालले पनि आफ्नो कार्यकालमा तातोपानी नाकाबाट हेलिकप्टर भित्रिएको पहिलोपटक देखिएको जानकारी दिए।

कम्पनीका अनुसार टिमुरे नाका भन्दा तातोपानी नाका सुलभ र सुरक्षित भएकाले यही बाटो रोजिएको हो। समुद्री मार्ग प्रयोग गर्दा करिब एक महिना लाग्ने भए पनि तातोपानीबाट आठदेखि दस दिनमै हेलिकप्टर ल्याउन सकिने भएकोले यो विकल्प उपयोग गरिएको हो।

माउन्टेन हेलिकप्टर प्रालिसँग अब तीनवटा हेलिकप्टर रहने छन्। नयाँ हेलिकप्टर कम्पनीको माउन्टेन फ्लाइट सेवामा प्रयोग गरिनेछ।

Post a Comment

Previous Post Next Post