नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

नेपाल राष्ट्र बैंकद्वारा रु ५० दरका ४२ करोड नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

नोट छपाइका लागि सिंगल स्टेज टु इन्भेलोप प्रणालीमा आधारित अन्तर्राष्ट्रिय टेण्डर, भदौ २३ अन्तिम म्याद

नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँ ५० दरका ४२ करोड नोट छपाइ आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

मुद्रा व्यवस्थापन विभागले प्रकाशित गरेको सूचनाअनुसार नोट छपाइको प्रक्रिया सिंगल स्टेज टु इन्भेलोप प्रणालीबाट हुनेछ। इच्छुक कम्पनीहरूले प्रविधिक र मूल्य प्रस्ताव पेश गर्नुपर्नेछ।

बोलपत्र दस्ताबेज खरिद शुल्क रु. २० हजार, वा US$ 146, €126, वा £109 तोकिएको छ। यो रकम राष्ट्र बैंकको थापाथलीस्थित खातामा जम्मा गर्नुपर्नेछ।

बोलपत्र भदौ २३ गतेसम्म बुझाउन सकिनेछ र कम्तीमा १२० दिनसम्म मान्य हुनेछ। साथै, कम्पनीहरूले न्यूनतम ४ करोड रुपैयाँको बैंक ग्यारेन्टी पनि संलग्न गर्नुपर्नेछ।

राष्ट्र बैंकले आवश्यकता अनुसार कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्द गर्न सक्ने अधिकार सुरक्षित राखेको जनाएको छ।

Post a Comment

Previous Post Next Post