Subscribe Us

विद्यादेवी भण्डारीको प्रष्टोक्ति: "मेरो एमाले सदस्यता कसैले खारेज गर्न सक्दैन"

पूर्वराष्ट्रपतिले एमालेको सदस्यता त्यागेको दाबीलाई झुटो बताउँदै पुनः सक्रिय सदस्यताबारे प्रस्ट पारिन्

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि एमालेको सदस्यता त्यागेको दाबी झुटो भएको स्पष्ट पार्दै आफ्नो सदस्यता कसैले मनलाग्दी ढंगले खारेज गर्न नसक्ने बताएकी छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले भनिन्, “मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन।

उनले राष्ट्रपतिको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेपछि अब बाँकी जीवन कुनै संगठनसँग जोडिएर बिताउन उपयुक्त ठानेर एमालेको सदस्यता नवीकरण गरेको बताइन्।

भण्डारीले भनिन्, “हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन। पार्टी नियमअनुसार चल्नुपर्छ। कसैले के गर्न मन लाग्यो भनेर सदस्यता खारेज गर्ने कुरा स्वीकार्य छैन।”

उनका अनुसार, उनी ४५ वर्षदेखि एमालेसँग अबद्ध रहेकी थिइन् र हाल पनि पार्टीको विधिसम्मत प्रक्रियामार्फत सदस्यता नवीकरण गरेकी हुन्।

एमालेभित्र भण्डारीको सदस्यता र भूमिकालाई लिएर चलिरहेको राजनीतिक चर्चा र आन्तरिक विवादलाई यो अभिव्यक्तिले थप गति दिएको छ।

नगर को खबर डेस्क

Post a Comment

0 Comments