पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको एक जोडीको अनर किलिंग (इज्जतको नाममा हत्या) प्रकरणमा ११ जना व्यक्तिहरू पक्राउ परेका छन्। घटनाको क्रूर भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाही गरेको हो।
भिडियोमा हातहतियारधारी समूहले एक प्रेमी–प्रेमिकालाई गोली हानी हत्या गरेको स्पष्ट देखिन्छ। उक्त दृश्य सामाजिक सञ्जालमा फैलिएपछि आम नागरिक, धार्मिक विद्वानहरू, र राजनीतिज्ञहरूले दोषीलाई कडा सजाय दिन माग गरेका थिए।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगटीले घटनामा संलग्न ११ जना पक्राउ परेका बताएका छन् भने प्रवक्ता शाहिदका अनुसार, अपराधीहरूको पहिचान भइसकेको छ र थप अनुसन्धान जारी छ।
भिडियोमा हत्या गर्ने समूह बाराहुई भाषामा संवाद गरिरहेका छन्। अहिलेसम्म मारिएका जोडीको नाम सार्वजनिक भएको छैन।
मानव अधिकार आयोगको २०२४ को प्रतिवेदनअनुसार, पाकिस्तानमा मात्रै ४०५ वटा अनर किलिंगका घटना गत वर्ष मात्रै भएका थिए।
यसै वर्ष अमेरिकाबाट फर्किएका एक व्यक्तिले आफ्नी छोरीलाई TikTok मा भिडियो नखिच्न भनेपछि गोली हानी हत्या गरेका थिए।
नगर को खबर डेस्क
0 Comments