Subscribe Us

रसुवामा बाढीले पुर्‍याएको क्षतिका लागि २९ करोडको बीमा दाबी

शिखर, नेको, सगरमाथा लुम्बिनीसहित ९ इन्स्योरेन्स कम्पनीमा ६३ वटा बीमा दाबी, सबैभन्दा धेरै मोटर बीमा क्षेत्रबाट

गत असार २३ गते रसुवामा चीनतर्फबाट आएको बाढी र पहिरोका कारण भएको क्षतिको बीमा दाबी २९ करोड रुपैयाँ नजिक पुगेको छ।

बीमा प्राधिकरणका अनुसार, ९ वटा बीमा कम्पनीहरूमा जम्मा ६३ वटा माग दाबी दर्ता भएका छन्, जसको रकम २८ करोड ९२ लाख रुपैयाँ पुगेको हो।

बीमा दाबीको विवरण यस प्रकार छ:

  • शिखर इन्स्योरेन्स: १० दाबी, १६ करोड १२ लाख

  • नेको इन्स्योरेन्स: ३ दाबी, ५ करोड १२ लाख

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स: ७ दाबी, ३ करोड ४१ लाख

  • सानिमा जीआईसी लिमिटेड: ६ दाबी, ७७ लाख

  • आईजीआई प्रूडेन्सियल: ९ दाबी, ७५ लाख ५० हजार

  • युनाइटेड अजोड इन्स्योरेन्स: ३ दाबी, ६८ लाख

  • एनएलजी इन्स्योरेन्स: ६ दाबी, ४७ लाख

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स: ७ दाबी, ३१ लाख

बीमा प्रकारअनुसार हेर्दा,

  • मोटर बीमा (सार्वजनिक) तर्फ सबैभन्दा धेरै ३२ वटा दाबी परेको छ।

  • मोटर बीमा (निजी) तर्फ ११,

  • सम्पत्ति बीमामा १०,

  • समुन्द्री बीमामा ६,

  • इन्जिनियरिङ तथा ठेकदार जोखिम बीमामा ४ वटा दाबी परेको छ।

उक्त बाढीले नेपाल–चीन व्यापार पुल बगाएको, ड्राइपोर्ट, कन्टेनर र सवारीसाधनहरूमा क्षति पुर्‍याएको थियो। यसले रसुवागढी नाकामार्फत हुने व्यापार दुई हप्तासम्म ठप्प भएको थियो।

नगर को खबर डेस्क

Post a Comment

0 Comments