घुस अडियो पछि मन्त्री राजकुमार गुप्ताको राजीनामा

कास्की मालपोत सरुवासम्बन्धी घुस डिल र अडियो सार्वजनिक भएपछि चर्किएको विरोधका बीच गुप्ताले दिए पदबाट राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस अडियो प्रकरण सार्वजनिक भएपछि चर्किएको विवादका बीच पदबाट राजीनामा दिएका छन्

केही दिनअघि सार्वजनिक भएको अडियोमा गुप्ताले कास्की मालपोत कार्यालय प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख घुस डिल गरेकोभूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख माग गरिरहेको कुराकानी सार्वजनिक भएको थियो। उक्त अडियोले देशभर चर्को आलोचना निम्त्याएको थियो।

विपक्षी दलहरूले तत्काल गुप्तालाई बर्खास्त गर्न र कानुनी कारबाही गर्न माग गरेका थिए। अडियोमा उल्लेख भएअनुसार, उनले पुस–माघ महिनामा काम गरिदिने भन्दै पैसा लिइसकेको पुष्टि भएको छ।

अडियोमा पोखराको केही महँगो मूल्यको जग्गा र सरुवासम्बन्धी 'डिल' को पनि उल्लेख छ। गुप्तामाथि मालपोत कार्यालयमा सरुवा गराउन फोन धम्की दिने, आफू अनुकूल नभए अन्तर मन्त्रालय सरुवा गरिदिन्छु भनी दबाब दिने गरेको समेत आरोप छ।

विवाद चर्किएपछि मन्त्री गुप्ताले दबाबमा राजीनामा दिएका हुन्। सरकारले घटनाको छानबिन प्रक्रिया अगाडि बढाउने संकेत दिएको छ भने लोक सेवामा पारदर्शिता र शुद्धाचार कायम गर्न यस घटनाले सरकारमाथि थप दबाब सिर्जना गरेको छ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad