नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

नेपालतर्फ मल तस्करी रोक्न यूपी सरकारको कडाइ

सीमावर्ती सात जिल्लामा सस्तो युरिया मलको तस्करी नियन्त्रण गर्न डिजिटल ट्र्याकिङ र बिक्री प्रतिबन्ध लागू

उत्तर प्रदेश (यूपी) सरकारले नेपालतर्फ भइरहेको सस्तो युरिया मलको तस्करी नियन्त्रण गर्न विशेष कदम चालेको छ। भारत–नेपाल सीमा जोडिएका सातवटा जिल्लामा कडाइ गर्दै डिजिटल ट्र्याकिङ, बिक्रीमा प्रतिबन्धभन्सार अनुसन्धान प्रक्रिया सुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालमा भारतीय मलको मूल्य तुलनात्मक रूपमा महँगो पर्ने भएकाले सीमावर्ती क्षेत्रहरू हुँदै उक्त मलको अवैध तस्करी हुने गरेको थियो। यो अवस्थाले भारतमा कृषकहरूलाई मल अभाव निम्त्याउने खतरा देखिएपछि सरकारले रोकथामका उपायहरू अपनाएको हो।

योजना अनुसार, अब मल डिजिटल प्रणालीमार्फत ट्र्याक गरिनेछ र सीमावर्ती क्षेत्रका बिक्री केन्द्रहरूमा नयाँ नियन्त्रण नीति लागू गरिनेछ। साथै, अवैध ढुवानीमा संलग्नहरूमाथि भन्सार अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने भएको छ।

यो निर्णयसँगै नेपालतर्फ हुने युरिया तस्करीमा तत्काल प्रभाव पर्ने अपेक्षा गरिएको छ भने सीमा सुरक्षा बल (एसएसबी) लाई पनि निगरानीमा सक्रिय बनाइएको छ।

Post a Comment

Previous Post Next Post