नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

कोहलपुर मिडिया हाउसभित्र नक्कली नोट छाप्ने कारखाना फेला, सञ्चालकसहित ५ जना पक्राउ

५१ हजार नक्कली नोट, १९ किलो अफिम र नोट छाप्ने उपकरण बरामद, पत्रकार संघले आरोपीलाई निष्कासन गर्‍यो

कोहलपुर–११ स्थित ‘जनगर्जन नेटवर्क प्रालि’ मिडिया हाउसमा प्रहरीले नक्कली नोट छाप्ने कारखाना फेला पारेको छ। सूचना पाएपछि गएको प्रहरी टोलीले छापा मारेर उक्त कार्यालयबाट ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट, १९.३ किलो अफिम, र नोट छपाईका उपकरणहरू बरामद गरेको हो।

प्रहरीले घटनास्थलबाट क्यानोन प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायतका सामग्री नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका ५ जनामध्ये मुख्य सञ्चालक ३४ वर्षीय मनबहादुर सहकारी ‘अनलाइन टिभी पत्रकार संघ लुम्बिनी’का सहसचिवसमेत रहेका थिए। घटनापछि संघले सहकारीलाई पदबाट निष्कासन गरिसकेको छ।

अन्य पक्राउ पर्नेहरूमा दिलमाया सिंह (२२), रामबहादुर सिंह (३३), कृष्णबहादुर वली (३५)प्रेमबहादुर विक (३८) रहेका छन्, जो सबै जाजरकोटका बासिन्दा हुन्।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। यो घटनाले मिडियाको नाममा आपराधिक क्रियाकलाप लुकाउने प्रवृत्ति प्रति गम्भीर प्रश्न उठाएको छ।

Post a Comment

Previous Post Next Post