नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुससहित रंगेहात पक्राउ

अख्तियारको बर्दिबास टोलीद्वारा कार्यालयमै नियन्त्रण, घुस लिँदै गर्दा पक्राउ परेपछि नगरपालिकामा खैलाबैला

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

बुधबार दिउँसो, नगरपालिकाको कार्यालयमै घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। अख्तियार स्रोतका अनुसार, सेवा लिने क्रममा माग गरिएको घुस रकम लिँदै गर्दा सूचना पाएको टोलीले अनुगमन गरी तत्कालै पक्राउ गरेको हो।

घटनापछि नगरपालिकाभित्र खैलाबैला मच्चिएको छ भने सर्वसाधारणमा पनि चासो बढेको छ। अख्तियारले आवश्यक प्रमाणहरू संकलन गर्दै घटनाको थप अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका मेयर साहलाई प्रारम्भिक बयानपछि कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको अख्तियारले जनाएको छ।

Post a Comment

Previous Post Next Post