निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको बैठकप्रति असन्तुष्टि, सांसद तोषिमा कार्कीलाई दिइयो बोल्ने समय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बिहीबार प्रतिनिधिसभाको बैठकमा विरोध जनाएका छन्।
निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको बैठकप्रति असन्तुष्टि जनाउँदै सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए।
त्यसपछि सभामुख घिमिरेले रास्वपाकी सांसद डा. तोषिमा कार्कीलाई बोल्ने समय दिएका थिए। हाल संसद बैठकमा कार्की आफ्ना धारणा राखिरहेकी छन्।
प्रतिनिधिसभामा समय व्यवस्थापन, कार्यसूची, र सरकारको ढिलासुस्तीको विषयमा लगातार असन्तुष्टि जनाउँदै आएका यी दलहरूको विरोध संसदमा बारम्बार दोहोरिँदै आएको छ।
नगरको खबर डेस्क
0 Comments