जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा स्कार्पियो, मोटरसाइकल, र विदेशी नागरिकसहित सयौं तस्करीमा संलग्न पक्राउ, कैद र जरिवाना समेत असुल
रौतहट – रौतहट प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा ५ करोड ५९ लाख ५५ हजार रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी इकाईहरूले विभिन्न नाकाबाट भारतबाट तस्करी हुँदै भित्रिएको सामान नियन्त्रणमा लिई कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय गौरमा बुझाइएको हो।
प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार, तस्करीमा प्रयोग भएका ५ थान स्कार्पियो, ४ पिकअप, १ ट्याक्टर, १० ई–रिक्सा, २४३ मोटरसाइकल, र ३३ साइकल सहित २९६ वटा सवारीसाधन बरामद गरिएको छ।
त्यस्तै, २२ जना विदेशी नागरिकसहित १०३ जना तस्करलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।
साथै, अदालतबाट सजाय पाएका तर फरार रहेका ६४० जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, पक्राउ परेका प्रतिवादीहरूमाथि ४८ लाख २९ हजार ९८४ रुपैयाँ जरिवाना असुल गरिएको छ।
उनीहरूमध्ये धेरैलाई ११४ वर्ष १ महिना २० दिन बराबरको कैद सजाय भुक्तान गराउन जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी कार्यालयले जनाएको छ।
नगर को खबर डेस्क
0 Comments