नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

ताप्लेजुङमा बाढीले बेलिब्रिज बगायो, सङ्खुवासभामा अरुण नदी आसपास सतर्कता जारी

फक्ताङलुङ–५ र ६ जोड्ने पुल बग्दा यातायात अवरुद्ध, भारी वर्षाका कारण तमोर र अरुण नदीमा जलस्तर बढ्दै

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ लाई जोड्ने रानी पुलस्थित बेलिब्रिज सिम्बुवा खोलामा आएको बाढीले बगाएको छ।

स्थानीय तेन्जिङ वालुङका अनुसार, अविरल वर्षाले हेल्लोक र सिम्बुवा खोलामा आएको बाढीले सो बेलिब्रिज बगाएको हो। चार वर्षअघि रेमिट हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो पुल बगेसँगै सो क्षेत्रको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीका कारण तमोर नदीको बहावसमेत उच्च भएको छ। यसैबीच, सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले अरुण नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी दिब्यराज पोदरेलका अनुसार, पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा उच्च वर्षा मापन भएको छ। सोही आधारमा अरुण नदी, खोलानाला र भिरालो जमिनमा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन अपिल गरिएको हो।

प्रशासनको सूचनामा भनिएको छ, “माथिल्लो क्षेत्रमा लगातार भारी वर्षा भएकाले तटीय क्षेत्र, खोलानाला आसपास तथा कमजोर जमिनमा आकस्मिक बहाव र पहिरोको सम्भावना रहेकोले समयमै सुरक्षित स्थानतर्फ सर्नु उपयुक्त हुनेछ।”

मौसम पूर्वानुमान महाशाखाले पनि अत्यधिक वर्षा हुनसक्ने जनाउँदै पूर्वसावधानी अपनाउन देशभरका नागरिकलाई सचेत गराएको छ।

Post a Comment

Previous Post Next Post