"डिप बोरिङ समाधान होइन" — मधेशका युवाहरूको काठमाडौंमा प्रदर्शन

सुख्खा संकटग्रस्त क्षेत्र घोषणापछि पनि दिगो समाधान नल्याएको भन्दै सरकारको विरोध

काठमाडौं – सरकारले मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरे पनि दिर्घकालीन समाधान ल्याउन नसकेको भन्दै मधेशका युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

"डिप बोरिङ समस्याको समाधान होइन", "चुरे जोगाऊ, मधेश बचाऊ", "किसानलाई २४ घण्टा निःशुल्क बिजुली देऊ" जस्ता नारासहित युवाहरू माइतीघरमा भेला भएका थिए।

मधेश कृषि–जल आन्दोलन संघर्ष समितिको ब्यानरमा भएको यस प्रदर्शनमा सहभागीहरूले सरकारको ध्यान चुरे संरक्षण, दीर्घकालीन जल स्रोत विकास, र सुख्खा प्रभावित किसानलाई राहत प्याकेजको माग गर्दै आक्रोश पोखेका थिए।

प्रदर्शनकारीहरूले तराई–मधेश क्षेत्रका किसानहरूलाई नगद क्षतिपूर्तिसिंचाइका लागि वैकल्पिक, दिगो नीति ल्याउन पनि जोड दिए।

संघ र प्रदेश सरकार अल्पकालीन डिप बोरिङ योजनामा सीमित भएर दिगो समाधान नहेरेको भन्दै तीव्र असन्तोष व्यक्त गरिएको थियो।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad