Subscribe Us

"सीआरआईबी: भारतमा भेटियो नयाँ दुर्लभ रक्त समूह"

 बेंगलुरुकी ३८ वर्षीया महिलामा पत्ता लागेको ‘सीआरआईबी’ समूहलाई ISBT द्वारा औपचारिक मान्यता

बेंगलुरु – भारतमा पहिलोपटक नयाँ दुर्लभ रक्त समूह ‘सीआरआईबी’ (CRIB) पत्ता लागेको छ, जुन बेंगलुरुकी ३८ वर्षीया महिलामा शल्यक्रियाको तयारीका क्रममा फेला परेको हो।

डाक्टरहरूका अनुसार, उक्त महिलाको रक्त समूह कुनै पनि पहिचान गरिएका ४७ प्रणालीहरूसँग मेल खाएन, जसका कारण उनको मुटुको शल्यक्रियामा रगत चढाउन सकिने सम्भावनाबारे चिकित्सकहरू अन्योलमा परेका थिए।

यसबारे अनुसन्धान गर्दा ती महिलामा नयाँ प्रकारको क्रोमर एन्टिजेन रहेको पुष्टि भयो। त्यसपछि नमुना ब्रिटेनस्थित ‘International Blood Group Reference Laboratory’ मा पठाइयो, जसले झन्डै १० महिनापछि उक्त नयाँ रक्त समूहलाई प्रमाणित गर्‍यो।

‘सीआरआईबी’ को नाममा ‘C’ क्रोमर, ‘I’ इन्डिया र ‘B’ बेंगलुरुलाई जनाउँछ। ISBT (International Society of Blood Transfusion) ले २०२५ को जुन महिनामा आयोजित सम्मेलनमा यसलाई औपचारिक रूपमा स्वीकृत गरेको हो।

डा. अंकित माथुरका अनुसार यो रक्त समूह यति दुर्लभ छ कि सामान्य रक्तदानदातासँग मेल नै नखाने भएकाले आपतकालीन अवस्थाका लागि बिरामीको आफ्नै रगत संकलन गरी राख्नुपर्ने हुन्छ।

‘सीआरआईबी’ रक्त समूह २१औं क्रोमर एन्टिजेनको रूपमा सूचीकृत भएको छ। भारतमै यसअघि पनि ‘बम्बे ब्लड ग्रुप’ र ‘इन्डियन ब्लड ग्रुप’ पत्ता लागेका थिए।

दुर्लभ रक्त समूह भएका व्यक्तिहरूका लागि अब ‘Rare Blood Donor Registry’ निर्माण भइरहेको छ, जसले आपतकालमा मेल खाने रक्तदाता खोज्न सहयोग पुर्‍याउनेछ।

नगर को खबर डेस्क

Post a Comment

0 Comments