नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

बोलेरो सरयू नदीमा खस्दा ११ जनाको मृत्यु, ४ जना घाइते

उत्तर प्रदेशको गोंडामा एकै परिवारका ९ जना सहित ११ जनाको घटनास्थलमै मृत्यु

लखनउ – भारतको उत्तर प्रदेशस्थित गोंडामा सरयू नदीमा बोलेरो खस्दा ११ जनाको घटनास्थलमै ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। बोलेरोमा सवार १५ मध्ये ९ जना एउटै परिवारका रहेका थिए।

दुर्घटना तीव्र गतिका कारण बोलेरो अनियन्त्रित भई सरयू नदीमा खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा परेका सबै व्यक्ति मोतीगंज सिहागांवस्थित पृथ्वीनाथ मन्दिरमा जलाभिषेक गर्न गइरहेका थिए।

अचानक परेको वर्षासँगै सडक चिप्लो हुँदा बोलेरो नदीतर्फ मोडिएको बताइएको छ। दुर्घटनापछि घटनास्थलमै सिसा फुटाएर ४ जनाको उद्धार गरिएको थियो। बाँकी ११ जनाको ज्यान गएको पुष्टि गरिएको छ।

मृतकहरूमा ६ महिला, २ पुरुष र ३ बालबालिका रहेका छन्। उद्धार टोलीले नदीबाट गाडी तानेर शवहरू निकाल्ने काम सम्पन्न गरिसकेको छ।

स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा पुगेका छन् र दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ। मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिइएको छ।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post