नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

कक्षा १२ को पुनर्योगका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने

नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई बोर्डको सूचना, अनलाइनबाटै निवेदन दिन आग्रह

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को नतिजामा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योग (retotaling) का लागि साउन २९ गते सम्म आवेदन दिन सकिने जनाएको छ।

बोर्डले आज सूचना जारी गर्दै पुनर्योग गराउन चाहने विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको जानकारी दिएको हो। आवेदन दिने प्रक्रिया र शुल्कबारे जानकारी बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

गत वैशाख २१ देखि जेठ २ गते सम्म सञ्चालित नियमित तथा आंशिक परीक्षाको नतिजा साउन १९ गते सार्वजनिक भएको थियो। करिब चार लाखभन्दा बढी विद्यार्थी सहभागी उक्त परीक्षामा नतिजा सार्वजनिकसँगै पुनर्योगको अवसर खुला गरिएको हो।

विद्यार्थीहरूले कुनै पनि विषयको अंक गणनामा त्रुटि भएको आशंका भएमा पुनरजाँचको लागि सतोपाटी बोर्डको अनलाइन पोर्टलबाट आवेदन दिन सक्नेछन्।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post