त्रिभुवन विमानस्थलको अराइभल एरियाबाट करिब ८ किलो सेतो हेरोइनसहित पक्राउ
काठमाडौं – लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो (Narcotics Control Bureau) को टोलीले पक्राउ गरेका दुई जनामा ३५ वर्षीय फिरोज अहमल र ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल रहेका छन्।
१७ साउनमा लाओसबाट बैंकक हुँदै नेपाल आइपुगेका फिरोजलाई विमानस्थलको अराइभल एरियाबाट ४ किलो सेतो हेरोइनसहित पक्राउ गरिएको हो। भोलिपल्ट लाओसबाटै बैंकक हुँदै आएका भेललाई पनि ३ किलो ८ सय ग्राम सेतो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिएका छन्।
दुवै घटनामा लागुऔषध गम्भीर रुपमा ओसारपसार गरिएको पुष्टि भएको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नगर को खबर डेस्क