नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

लाइसेन्स 'अर्जेन्ट' सेवा २४ घण्टाभित्र: सवारी चालक अनुमतिपत्र छपाइमा तीन महिनाभित्र प्रगति

२३ लाख बाँकी लाइसेन्स छपाइका लागि सेक्युरिटी प्रिन्टिङसँग सहमति, साउनपछि प्रदेशले प्रिन्ट गर्ने तयारी

काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ‘अर्जेन्ट’ आवश्यक पर्ने व्यक्तिहरूका लागि यातायात व्यवस्था विभागले २४ घण्टाभित्र सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार यो सेवा केवल सुरक्षाकर्मी र वैदेशिक रोजगारीमा जानेहरूका लागि मात्र नभई अन्य आवश्यकता भएका नागरिकहरूलाई पनि खुला गरिएको छ। "व्यक्ति स्वयं विभागमा उपस्थित भई निवेदन दिनुपर्छ," पोखरेलले बताए।

साउनदेखि प्रदेशले आफ्नै तर्फबाट लाइसेन्स छाप्ने निर्णय भए पनि हालसम्म उक्त निर्णय कार्यान्वयनमा आएको छैन। विभागका अनुसार हालसम्म झण्डै २३ लाख ५० हजार पुराना लाइसेन्स छाप्न बाँकी छन्। त्यसका लागि सेक्युरिटी प्रिन्टिङ प्रेस सँग सहमति भइसकेको र तीन महिनाभित्र सम्पूर्ण लाइसेन्स छापिने जानकारी पोखरेलले दिए।

अब डिजिटल प्रविधिको प्रयोगसँगै नागरिक एप मा लाइसेन्स देखिने भएकाले धेरै अवस्थामा प्रिन्टको आवश्यकता नपर्ने उनले बताए। ट्राफिक प्रहरीले पनि चिट डिजिटल माध्यमबाट काट्ने र भुक्तानी प्रणाली पनि अनलाइनमै रहेको जानकारी दिइएको छ।

तर, अझै केही व्यक्तिहरूले प्रिन्ट अनिवार्य चाहिने भन्दै विभागमा आउने क्रम जारी छ। त्यसैले साउन महिनाभित्र बाँकी सबै लाइसेन्स छपाइ गरी वितरण गरिनेछ। त्यसपछि प्रदेश सरकारहरू आफैंले लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गर्ने विभागको योजना छ।

बागमती प्रदेशले आवश्यक लाइसेन्स प्रिन्टिङ मेसिन खरिद गरिसकेको जनाइएको छ।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post