मल वितरणमा अनियमितता : पत्रकारमाथि दुर्व्यवहार, किसान ७ घण्टा वर्षामै लाइनमा

सहकारी अध्यक्षले आफन्तलाई बढी मल बाँडेपछि विरोध, पत्रकारसँग दुर्व्यवहार गर्दै अपशब्द प्रयोग

रंगेली, साउन २१ – मोरङ
रंगेली नगरपालिका–५ अन्तर्गत जेनपुर सहकारी संस्थाले डीएपी मल वितरणमा अनियमितता गरेको आरोप लागेसँगै एक स्थानीय पत्रकारमाथि दुर्व्यवहार भएको छ।

मल आएकाे सूचना पाउनेबित्तिकै किसानहरू राति ३ बजेदेखि नै लगातार वर्षा भइरहेकै अवस्थामा मलका लागि लाइनमा बसेका थिए। करिब ७ घण्टाको प्रतीक्षापछि बिहान ७ बजे नागरिकताको प्रतिलिपि बुझाएर मल पाउने आशामा रहेका किसानहरूले वर्षा रोकिएलगत्तै वितरण सुरु भएको जानकारी दिएका छन्।

वडा कार्यालयले प्रति किसान २५ किलो डीएपी मल वितरण गर्ने स्पष्ट निर्देशन दिए पनि, सहकारी अध्यक्ष धर्मेन्द्र मण्डलले आफन्तजनलाई १–२ बोरा (५० किलोसम्म) मल वितरण गरेको आरोप लागेको छ।

जब पत्रकार सुरेन्द्र मण्डल ले उक्त अनियमितताबारे अध्यक्षसँग जानकारी मागे, उनले जवाफ दिनुको सट्टा अपशब्द प्रयोग गर्दै पत्रकारमाथि दुर्व्यवहार गरेका थिए।

स्थानीयहरूका अनुसार, यो घटना प्रेस स्वतन्त्रता र किसानको अधिकार दुवैप्रति अपमानजनक व्यवहार हो। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad