"५ दिनको बिदा, अनि जागिरबाट सडकमा!" — कटहरीका कामतको पीडा

कटहरी गाउँपालिकाबाट हटाइएपछि कामत परिवार सडकमा, न्यायको गुहार

मोरङको कटहरी गाउँपालिकाले कार्यालय सहायक सुनिल कुमार कामतलाई करार सेवा नविस्तार गर्दै जागिरबाट हटाएपछि उनको पाँच सदस्यीय परिवार आर्थिक सङ्कटमा परेको छ। कामतले २०७३ सालदेखि कार्यालय सहयोगीका रूपमा सेवा दिँदै आएका थिए। हालै ५ दिनको धार्मिक बिदा लिएर भारतको बोलबम यात्रा गएका उनी फर्किँदा पालिकाले सेवा अन्त्य भएको बताएको छ।

कामतको आरोप छ— गाउँपालिका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीता देवी राजवंशी र प्रशासकीय प्रमुख तेजेन्द्र गौतमको कार्यपालिका बैठकले पूर्वाग्रही निर्णय गर्दै उनलाई जागिरबाट हटाएको हो।

श्रीमती गृहिणी र तीन सन्तान अध्ययनरत रहेको कामत परिवार अहिले रोजीरोटी गुमेपछि गम्भीर समस्यामा परेको छ। पीडित परिवारले बिहीबार मोरङ पत्रकार महासंघमा  आफू माथि भएको अन्याय ऊपर न्याय दिलाउन सञ्चारकर्मी तथा सरोकारवालाको साथ माग गरेका छन्।

नगरको खबर डेस्क









Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad