Subscribe Us

रवि लामिछानेलाई नख्खु कारागार सरुवा, छुट्टै कोठामा बस्ने तयारी

भैरहवा कारागारबाट अड्डासार गरेर ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखियो।

भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई आज अड्डासार गरेर ललितपुरको नख्खु कारागारमा सारिएको छ। उनलाई ‘सीआरसी’ ब्लकमा राखिएको छ, जहाँ करिब ४ सय कैदीबन्दी छन्।

कारागार स्रोतका अनुसार लामिछानेलाई छुट्टै कोठामा बस्ने व्यवस्था गर्ने तयारी आन्तरिक प्रशासनले गरेको छ। नख्खु कारागारका एक अधिकारीले भैरहवा कारागारभन्दा यहाँ संरचनात्मक हिसाबले सहज र सुरक्षित हुने बताएका छन्।

यसअघि अदालतले जेठ १६ गते नै अड्डासारको अनुमति दिएको भए पनि तत्काल सरुवा हुन सकेको थिएन। पछि गृह प्रशासनले निर्णय गरेपछि आज उनलाई काठमाडौं ल्याइएको हो।

नख्खु कारागारमा पुर्‍याउँदा लामिछानेका समर्थकले भीड गर्दै स्वागत गरेका थिए।

Post a Comment

0 Comments