नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

चितवनमा सडक माथिबाट खसेको ढुंगाले ट्रक चालक गम्भीर घाइते

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइन खोलामा माथिबाट खसेको ढुंगाले भारतीय ट्रक चालक गम्भीर घाइते, उपचारका लागि भरतपुर पठाइयो।

चितवन – नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा माथिबाट खसेको ढुंगाले ट्रक चालक गम्भीर घाइते भएका छन्।

मुग्लिङतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (केए–४३६८५६) भएको ट्रकका चालकलाई ढुंगा लागेको हो। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीका अनुसार चालकको पहिचान खुलिसकेको छैन तर उनको अवस्था गम्भीर छ। हाल उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।

दुर्घटनापछि ट्रक सडक छेउमा रोकिएको छ। घटनास्थलमा दुई वटा क्रेन प्रयोग गरी ट्रक हटाउने कार्य भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post