नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

बहुविवाहलाई कुनै हालतमा मान्यता नदिइने : प्रधानमन्त्री ओली

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहबारे फैलिएका हल्ला निराधार भएको स्पष्ट गर्दै कानुन ल्याउने कुनै योजना नभएको बताए।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनै पनि परिस्थितिमा कानुनी मान्यता नदिइने स्पष्ट गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बहुविवाहबारे फैलिएका हल्ला पूर्ण रूपमा निराधार भएको बताएका छन्। ओलीका अनुसार सामाजिक जागरण, सामाजिक न्याय र महिलाका अधिकारका लागि संघर्ष गर्दै आएको सरकारले यस्तो कानुन ल्याउने कुनै आधार छैन।

“सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागेको छ भन्ने हल्ला कहाँबाट सुरु भयो, हामीलाई थाहा छैन। यस्तो कुनै योजना छैन,” उनले भने। प्रधानमन्त्री ओलीले बहुविवाहबारे कानुन ल्याउने कुरा संवेदनशील भएको र त्यसलाई कुनै हालतमा मान्यता नदिइने दोहोर्याए।

Post a Comment

Previous Post Next Post