नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

धरौटी आदेश भए पनि ‘चक्रे मिलन’ तत्काल नछुट्ने

अभद्र व्यवहारको मुद्दामा ३० हजार धरौटी तोकिए पनि भक्तपुरमा चलिरहेको ज्यान मार्ने उद्योगको केसका कारण रिहाइ रोकियो।

काठमाडौँ – अभद्र व्यवहारको मुद्दामा धरौटी आदेश पाए पनि गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ तत्काल छुट्ने छैनन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर, भक्तपुरमा उनीमाथि ज्यान मार्ने उद्योगको अभियोगमा अर्को मुद्दा रहेकाले उनलाई त्यहाँ पठाइएको छ।

अदालत स्रोतका अनुसार, भक्तपुरमा चलिरहेको मुद्दा टुंगो नलागेसम्म चक्रे मिलन जेलमै रहनेछन्।

Post a Comment

Previous Post Next Post