कञ्चनपुरकी पद्मा जोशीले बेन गुरियन विमानस्थलमा हमाससँग छोरा विपिनलाई तुरुन्त घर फर्काउन आग्रह गर्दै अन्तर्राष्ट्रिय समुदायलाई दबाब सिर्जना गर्न अनुरोध गरिन्।
इजरायलमा बन्धक बनेका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी सोमबार इजरायल पुगेकी छन्। बेन गुरियन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भावुक हुँदै हमासलाई आफ्ना छोरा तुरुन्त मुक्त गर्न आग्रह गरिन्।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत २०८० भदौको अन्तिम साता रोजगारीका लागि इजरायल पुगेका थिए। तर २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा उनी अन्य नागरिकहरूसँगै अपहरण भई गाजामा लगिएका थिए।
२०८० असोज २० देखि सम्पर्कविहीन रहेका विपिनबारे हालसम्म उनी जीवित छन् कि छैनन् भन्ने कुरा पुष्टि हुन सकेको छैन। विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायमा दबाब सिर्जना गर्ने उद्देश्यले पद्मा र उनकी छोरी पुष्पा इजरायल पुगेका हुन्।
द टाइम्स अफ इजरायलका अनुसार विमानस्थलमा पद्माले भावुक हुँदै भनिन्, “कृपया मेरो छोरालाई बचाउनुहोस्। हमास, उसलाई तत्काल घर फर्काइदेऊ।”
२०८० असोज २० देखि सम्पर्कविहीन रहेका विपिनको अवस्था अहिलेसम्म पुष्टि हुन सकेको छैन। छोराको खोजी र रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले पद्मा र उनकी छोरी पुष्पा इजरायल पुगेका हुन्।
0 Comments