पूर्व प्रधानन्यायाधीशबाट प्रधानमन्त्रीसम्म : सुशिला कार्कीको यात्रा !

नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने सुशिला कार्की अहिले देशको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । सर्वोच्च अदालतमा न्यायक्षेत्रलाई निर्भीक ढङ्गले अगाडि बढाउने व्यक्तित्वका रूपमा परिचित कार्की २०७३ साल वैशाख ११ गते नेपालकी प्रथम महिला प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । उहाँको कार्यकाल करिब एक वर्षको रह्यो र २०७४ साल असार १९ गते अनिवार्य अवकाश (रिटायर्मेन्ट) प्राप्त गर्नुभयो ।

न्यायिक इतिहासमा ऐतिहासिक छाप छोड्दै सर्वोच्च अदालतको नेतृत्व गरिसकेकी कार्की अहिले कार्यकारी नेतृत्वमा पुगेकी छिन् । Gen Z आन्दोलन र जनचाहनाअनुसार उहाँलाई प्रधानमन्त्रीको रूपमा चयन गरिएको हो । न्यायपालिकामा जस्तै, उहाँको प्रधानमन्त्रीकालमा पनि पारदर्शिता, सत्यनिष्ठा र भ्रष्टाचारविरुद्ध कडाइ हुने जनअपेक्षा रहेको छ ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad