नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ।

२१ असोज, काठमाडौं । विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ।

अखिलका केन्द्रीय नेताहरू बालेन र सुदनलाई पक्राउ गर्नुपर्ने मागसहित जाहेरी लिएर काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका हुन्।

उनले २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण निकायमा भएको आगजनीमा बालेन र सुदनको संलग्नता रहेको आरोप लगाएका छन्।

अनेरास्ववियुका प्रतिनिधिहरूले उक्त घटनाको निष्पक्ष छानबिन र संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्।

यस विषयमा हालसम्म बालेन साह र सुदन गुरुङतर्फबाट कुनै प्रतिक्रिया आएको छैन।

Post a Comment

Previous Post Next Post