ओली र लेखकविरुद्ध दर्ता जाहेरी प्रहरीबाट जाँचबुझ आयोगमा पठाइयो

भदौ २३ को आन्दोलनमा मृत्यु भएका युवाका परिवारले दर्ता गराएको जाहेरी आयोगमा पठाइएको काठमाडौं प्रहरीको भनाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी काठमाडौं प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।

भदौ २३ गतेको ‘जेनजी आन्दोलन’का क्रममा मृत्यु भएका युवाका परिवारले दर्ता गराएको जाहेरी आज दिउँसो आयोगमा पठाइएको हो।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार, जाहेरीको विषय गौरीबहादुर कार्की नेतृत्वको आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले आयोगमा पठाइएको हो।

“हामीले जाहेरी अध्ययन गरेर आयोगमा पठाएका हौँ,” एसपी भट्टराईले बताए। “पीडित परिवारले दिएको जाहेरी औपचारिक रूपमा आयोगमा पुर्‍याइएको छ।”

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोग भदौ २३ र २४ को आन्दोलनसँग सम्बन्धित मृत्यु, घाइते तथा क्षतिको छानबिन गर्दै आएको छ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad