नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

आज छठ पर्वको दोस्रो दिन: बर्तालुहरू निर्जल उपवासमा, बेलुकी ‘खरना’ विधि सम्पन्न गर्ने

चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन बर्तालुहरूले पानीसमेत नखाई उपवास गर्दै चन्द्रमालाई अर्घ्य दिने तयारीमा

image:Bishesh Mandal 

श्रद्धा र निष्ठाको प्रतीक छठ पर्वको दोस्रो दिन आज बर्तालुहरू पानी पनि नखाई (निर्जल) उपवासमा रहेका छन्। कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको चारदिने पर्व आज ‘खरना’ विधिसँग अघि बढेको छ।

खरनाको विधिअन्तर्गत बर्तालुहरूले दिनभरि केही पनि नखाई बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गर्छन् र त्यसपछि एक छाक मात्र प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। यसरी गरिएको पूजा र व्रतले परिवारमा सुख, समृद्धि र सन्तानको दीर्घायु प्राप्त हुने विश्वास गरिन्छ।

चारदिने छठ पर्व शनिबारदेखि सुरु भएको हो। भोलि सोमबार कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारी गरिएको छ। यस अवसरमा बर्तालुहरूले पक्वान्न, फलफूल, उखु, नरिवल र बाँसको टोकरीमा सजाइएका सामग्रीसहित नदी तथा पोखरी किनारमा पुग्ने गर्छन्।

मङ्गलबार कात्तिक ११ गते बिहान उदाउँदो सूर्यलाई दूध, फूल र जलले अर्घ्य दिई पर्व सम्पन्न गरिनेछ। यस विधिलाई ‘भिन्सरघाट’ भनिन्छ।

कार्तिक शुक्ल पक्षमा सूर्यको आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने र इच्छाएको फल प्राप्त हुने शास्त्रीय मान्यता छ।तराई क्षेत्रमा विशेष रूपमा मनाइने यो पर्व पछिल्ला वर्षहरूमा राजधानीसहित पहाडी क्षेत्रमा पनि विस्तार भएको छ। 

Post a Comment

Previous Post Next Post