नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

काठमाडौं उपत्यकाका नदीमा बहाव कम भए पनि बाढी जोखिम यथावत

आईतवार वर्षा रोकिएसँगै जनजीवन सामान्यतर्फ फर्किँदै, तर वागमती र विष्णुमती नदीमा अझै सतर्कता आवश्यक

काठमाडौं उपत्यकाका नदीहरूमा आइतवार बिहान पानीको बहाव केही घटेको भए पनि बाढी र डुबानको जोखिम अझै पूर्ण रूपमा टरेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार वागमती र विष्णुमती नदीको मुहान क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सतर्कता आवश्यक रहेको छ।

आईतवार बिहानैदेखि वर्षा रोकिएपछि उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ। शुक्रवार रातिदेखि परेको अविरल वर्षाले काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको थियो।

वागमती नदीमा अझै पनि माथिल्लो क्षेत्रबाट आएको पानीका कारण बहाव उच्च रहेको छ। नदीले बगाएर ल्याएका रुख, हाँगाबिँगा र फोहर पुलहरूमा अड्किँदा पानी थुनिएको अवस्थामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अवरोध हटाउने कार्यलाई तीव्र पारेका छन्।

मौसमविद्हरूका अनुसार आज साँझदेखि देशभर मौसम क्रमशः सुधार हुने अनुमान गरिएको छ। यद्यपि, अविरल वर्षापछि उपत्यकाका धेरै सडकहरू हिलाम्मे बनेका छन् र सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।


Post a Comment

Previous Post Next Post