नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

तीन दिनका लागि काठमाडौं भित्रिने–निस्कने लामो दूरीका सवारी सञ्चालनमा रोक

असोज १८ देखि २० गतेसम्म लगातार वर्षा र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले अस्थायी रोक लगाउने निर्णय गरेको हो।

सरकारले असोज १८, १९ र २० गते (अक्टोबर ४–६) सम्म काठमाडौं उपत्यकामा भित्रिने तथा बाहिरिने लामो दूरीका सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाउने निर्णय गरेको छ।

हाल देशका विभिन्न स्थानमा जारी तीव्र वर्षाका कारण बाढी, पहिरो र डुवानको जोखिम उच्च भएको देखिँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो।

प्राधिकरणका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लामा भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै लामो दूरीका सवारी साधन सञ्चालन रोक्न सिफारिस गरिएको हो।

निर्धारित अवधिमा यातायात व्यवसायीहरूलाई अत्यावश्यकबाहेकका सवारी साधन नचलाउन आग्रह गरिएको छ। यात्रुहरूलाई अनावश्यक जोखिमबाट बचाउन तथा उद्धार–राहत कार्यमा सहजता ल्याउन यो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

Post a Comment

Previous Post Next Post