नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

सामाजिक सञ्जालमा पुनः आन्दोलनको चर्चा भए पनि अभियानका सक्रिय युवाहरूले कुनै कार्यक्रम नरहेको प्रष्ट पारेका छन्।

असोज २३ (अक्टोबर ९) मा पुनः जेन–जी आन्दोलन हुने चर्चा पछिल्ला दिनमा सामाजिक सञ्जालमा व्यापक बनेको छ। भदौ २३ र २४ गते देशभर चर्चामा आएको आन्दोलनलाई असोज २३ मा निरन्तरता दिने भनिए पनि अभियानसँग जोडिएका अगुवाहरूले यस्ता हल्लालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।

जेनजी अभियानमा सक्रिय युवाहरूले सामाजिक सञ्जालमा फैलिएको समाचारलाई आधारहीन भन्दै अब कुनै पनि आन्दोलनको कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। उनीहरूले असोज २३ मा हुने भनिएको आन्दोलनमा अभियानका युवाहरूको सहभागिता नहुने बताए।

अभियानसँग जोडिएका युजन राजभण्डारी, तनुजा पाण्डे, रक्षा बम, भावना राउतलगायतले सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आफ्नो कुनै संलग्नता नरहेको जनाएका छन्। उनीहरूले हिंसात्मक गतिविधिको न त समर्थन गरेको न त भविष्यमा त्यस्तो गर्ने योजना रहेको बताएका छन्।

त्यस्तै, भदौ २३ मा माइतीघरमा प्रदर्शनका लागि अनुमति लिएको पुरुषोत्तम यादव समूहले पनि असोज २३ मा कुनै कार्यक्रम नहुने प्रष्ट पारेको छ।

Post a Comment

Previous Post Next Post