नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

दशैंमा हवाई यात्रुको चाप बढ्दा सरकारले तोक्यो अधिकतम भाडा दर

चाडपर्वमा टिकटको अभाव र मूल्यवृद्धि रोक्न नागरिक उड्डयन प्राधिकरणले देशभरका आन्तरिक उडानका लागि अधिकतम भाडा सीमा निर्धारण गरेको छ।

काठमाडौं । दसैं, तिहार र छठ जस्ता प्रमुख चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानका लागि अधिकतम भाडा दर निर्धारण गरेको छ।

प्राधिकरणका अनुसार यात्रुहरूले चाडपर्वमा सहज रूपमा टिकट पाउन सकून् र वायुसेवा कम्पनीहरूले मनोमानी मूल्य नलिऊन् भन्ने उद्देश्यले भाडा सीमा तोकिएको हो। तोकिएको दरभन्दा कम भाडामा टिकट बिक्री गर्न वायुसेवा कम्पनीलाई निर्देशन समेत दिइएको छ।

निर्धारित अधिकतम भाडा दर यस प्रकार छन् —

  • काठमाडौँ–विराटनगर: रु ९,७८५

  • काठमाडौँ–भरतपुर: रु ४,६४३

  • काठमाडौँ–भद्रपुर: रु १२,११२

  • काठमाडौँ–जनकपुर: रु ५,४७०

  • काठमाडौँ–पोखरा: रु ६,६३५

  • काठमाडौँ–नेपालगञ्ज: रु १३,१०३

  • काठमाडौँ–धनगढी: रु १७,५७९

  • काठमाडौँ–सिमरा: रु ३,९७८

  • काठमाडौँ–भैरहवा: रु ८,४६१

  • काठमाडौँ–राजविराज: रु ८,२१०

  • काठमाडौँ–सुर्खेत: रु ९,०३०

  • काठमाडौँ–तुम्लिङ्गटार: रु ७,६३०

प्राधिकरणले तोकेको दरभन्दा बढी मूल्यमा टिकट बिक्री गरे कारबाही गरिने चेतावनी पनि दिएको छ।

चाडपर्व नजिकिँदै जाँदा देशका विभिन्न गन्तव्यका लागि हवाई टिकटको माग तीव्र रूपमा बढिरहेको छ। यस्तै, भाडा दर निर्धारणले यात्रुहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

Post a Comment

Previous Post Next Post