नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइतमा टीका ग्रहण गरे

विजया दशमीको शुभ अवसरमा राष्ट्रपति पौडेलले ११ः५३ मा टीका तथा प्रसाद ग्रहण गरे, यस वर्ष सर्वसाधारणलाई टीका नलगाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (विजया दशमीको दिन) शुभ साइतमा टीका तथा प्रसाद ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट बिहान ११ः५३ मा राष्ट्रपति पौडेलले टीका लगाएका हुन्।

राष्ट्रपतिले आफ्नी जीवनसंगीनी प्रथम महिला सविता पौडेललाई पनि टीका तथा प्रसाद लगाइदिए।

देशमा उत्पन्न पछिल्लो विशेष परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम आयोजना नगरिने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार यस वर्ष शीतल निवासमा टीका ग्रहणका लागि सार्वजनिक कार्यक्रम नहुने निर्णय गरिएको हो।

विजया दशमीको दिन टीका तथा प्रसाद ग्रहण गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ, जसले पारिवारिक एकता र शुभकामनाको आदानप्रदानलाई प्रबर्द्धन गर्छ।

Post a Comment

Previous Post Next Post