नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

रंगेली मालपोत कार्यालयमा जग्गा अनियमितता: चार कर्मचारी प्रारम्भिक अनुसन्धानको घेरामा

जग्गा कारोबारमा अनियमितता भएको आरोपमा सहायक कम्प्युटर अपरेटरदेखि नायब सुब्बासम्मको नाम अनुसन्धानमा

मोरङ । रंगेली मालपोत कार्यालयमा भएको जग्गा अनियमितता प्रकरणमा चार जना कर्मचारी प्रारम्भिक अनुसन्धानको दायरामा आएका छन्।

प्रहरीका अनुसार अनियमित कारोबारमा संलग्न भएको आशङ्कामा सहायक कम्प्युटर अपरेटर अर्जुन न्यौपाने, नायब सुब्बा (मुद्दा फाँट) रेवती अधिकारी, सुरक्षा गार्ड कामदेव मण्डल, र कृते जग्गाधनी भीमप्रसाद सिंहको नाम अनुसन्धान सूचीमा समावेश गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूको भूमिका शंकास्पद देखिएको र आवश्यक प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता देखिएमा उनीहरूलाई पनि सोधपुछ र कानुनी कारबाहीको दायरामा ल्याइनेछ।

यसअघि मालपोत कार्यालयमा जग्गा नामसारी तथा सट्टा प्रक्रियामा अनियमितता भएको उजुरी परेको थियो। उजुरीपछि प्रहरीले कागजात अध्ययन गर्दै आन्तरिक अनुगमन सुरू गरेको हो।

प्रहरीले भनेको छ, “हालसम्म चार जनाको नाम आएको छ, अनुसन्धान अगाडि बढ्दै जाँदा थप व्यक्ति र कर्मचारी पनि समावेश हुन सक्छन्।”

Post a Comment

Previous Post Next Post