नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

जेनजी आन्दोलन प्रकरणमा बयानका लागि डीएसपी एलिजा गिरी आयोगमा उपस्थित

पहिलो दिन संसद भवनको कमाण्डरका रूपमा खटिएकी गिरीसँगै कालिमाटी वृत्तका डीएसपी मधुकुमार थापाले पनि बयान दिएका

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा बयान दिन डीएसपी एलिजा गिरी सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको सचिवालय पुगेकी थिइन्। आन्दोलनको पहिलो दिन नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरक्षा कमाण्डरका रूपमा उनी खटिएकी थिइन्।हाल उनी थानकोट प्रहरी वृत्तमा कार्यरत छिन्।

उनिसँगै कालिमाटी वृत्तका डीएसपी मधुकुमार थापा पनि बयानका लागि आयोग पुगेका थिए। थापा जेनजी आन्दोलनका क्रममा घाइते भएका साथै जिल्ला प्रहरी परिसरतर्फबाट सुरक्षामा खटिएको योगदानको कदर स्वरूप प्रहरी दिवसमा सम्मानित भएका थिए।

आयोगले निरन्तर रूपमा सम्बन्धित अधिकारी, सुरक्षाकर्मी तथा सरोकारवालाहरूसँग विवरण संकलन गर्दै अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।



Post a Comment

Previous Post Next Post