नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

रंगेलीमा ‘लकडबग्गा’ देखिएको भन्दै भाइरल तस्बिर अफुवा, AI बाट बनेको खुलासा

Google Gemini बाट तयार गरिएको फोटो सामाजिक सञ्जालमा शेयर भएपछि स्थानीयमा भ्रम फैलिएको पुष्टि

मोरङ, रंगेली । सामाजिक सञ्जालमा रंगेली क्षेत्रमा ‘लकडबग्गा’ (हाइना) देखिएको भन्दै भाइरल भएको तस्बिरको सत्यता गलत रहेको खुलेको छ। प्रारम्भिक खोजतलासका क्रममा उक्त तस्बिर कृत्रिम रूपमा तयार गरिएको (AI generated) फोटो भएको पुष्टि भएको हो।

स्रोतका अनुसार Google Gemini प्रयोग गर्ने केही युवाहरूले मनोरञ्जनको उद्देश्यले उक्त तस्बिर बनाइसकेपछि सामाजिक सञ्जालमा हालिदिए, जसका कारण स्थानीय क्षेत्रमा भ्रम र अफुवा फैलिएको बताइएको छ।

यद्यपि यससँगै नेपाल–भारत सीमावर्ती क्षेत्र भारतको बिहारमा पछिल्ला दिनहरूमा हाइना देखिएको र केही घटनाहरूमा आक्रमणसमेत भएको रिपोर्ट आएको छ। तर रंगेलीमा देखिएको भनिएको फोटो र वास्तविक घटनाबीचको सम्बन्धबारे भने थप प्राविधिक अनुसन्धान भइरहेको जनाइएको छ।

Post a Comment

Previous Post Next Post