पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त संसद् भवनको अवलोकन

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबारे प्रत्यक्ष जानकारी लिन पूर्वराष्ट्रपति संसद् भवन पुगेकी।


२५ मंसिर, काठमाडौं। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज निरीक्षणमा पुगेकी छन्।

भण्डारीले संसद् भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायत क्षति पुगेका विभिन्न स्थानको नजिकबाट अवलोकन गरिन्। आन्दोलनका कारण नष्ट भएका संरचना, भौतिक सामग्री र क्षतिग्रस्त क्षेत्रबारे उनले प्रत्यक्ष अध्ययन गरेको सचिवालय स्रोतले जनाएको छ।

निरीक्षणका क्रममा संसद् सचिवालयका उच्च अधिकारीहरूले उनलाई घटनादेखि हालसम्मको मर्मत–सम्भारबारे ब्रिफिङ गरे। जेनजी आन्दोलनको नाममा भएको तोडफोड र आगजनीपछि संसद् भवनको सुरक्षा व्यवस्थाबारे व्यापक आलोचना भएको थियो।

अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले कुनै सार्वजनिक प्रतिक्रिया नदिएकी हुन्। यसअघि उनले क्षतिग्रस्त सिंहदरबार क्षेत्र पनि अवलोकन गरेकी थिइन्।

Post a Comment

Previous Post Next Post