नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

एमाले नेतृत्व चयनको मतगणना जारी, ओली र शंकर पोखरेल अग्रस्थानमा

११३९ मतगणना सकिँदा अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले अग्रता कायम

३ पुस, काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म कूल ११३९ मत गणना भइसकेको छ भने ४० वटा भोटिङ मेसिनको मत परिणाम सार्वजनिक गरिएको छ।

अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ८४३ मत प्राप्त गर्दै स्पष्ट अग्रता लिएका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्। महासचिव पदमा शंकर पोखरेलले ६१३ मतसहित अग्रता कायम राखेका छन् भने सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष, उपमहासचिव र सचिव पदका उम्मेदवारहरूबीच पनि प्रतिस्पर्धा चर्को देखिएको छ। निर्वाचन आयोगले बाँकी मतगणना सकेपछि अन्तिम परिणाम सार्वजनिक गरिने जनाएको छ।

Post a Comment

Previous Post Next Post