नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अख्तियारद्वारा ६ करोड ७८ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा आरोपपत्र दायर

अख्तियारद्वारा ६ करोड ७८ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा आरोपपत्र दायर

काठमाडौं —चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको हो।आयोगका अनुसार आचार्यले अवैध रूपमा आर्जन गरेको रकमबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको छ। सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुवेदीलाई पनि प्रतिवादी बनाइएको छ।अख्तियारले आचार्य र उनका एकाघर परिवारका सदस्यहरूको वैधानिक आय ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ मात्रै देखिएको जनाएको छ। तर आय, खर्च र बैंक मौज्दातको मूल्यांकन गर्दा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको अस्वभाविक सम्पत्ति देखिन आएको आयोगको भनाइ छ।आयको स्रोत पुष्टि हुन नसकेपछि प्रचलित कानुनअनुसार आचार्य र सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

Post a Comment

Previous Post Next Post