नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

समानुपातिक मतगणना सम्पन्न, अब सिट बाँडफाँड प्रक्रिया सुरु हुने

दलहरूले पाएको सदर मतका आधारमा ११० सिट निर्धारण गरिने, तीन दिनभित्र नाम सिफारिस गर्न आयोगले पत्र पठाउने

समानुपातिक मतगणना सम्पन्न, अब सिट बाँडफाँड प्रक्रिया सुरु हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना पूरा भएको जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार अब प्राप्त मतका आधारमा दलहरूलाई सिट बाँडफाँड गर्ने प्रक्रिया अघि बढाइनेछ।

उनका अनुसार प्रत्येक दलले पाएको सदर मतको आधारमा समानुपातिक प्रणालीअन्तर्गत सिट निर्धारण गरिनेछ। सिट संख्या तय भएपछि सम्बन्धित राजनीतिक दललाई तीन दिनभित्र बन्दसूचीमा समावेश भएका उम्मेदवारमध्येबाट नाम सिफारिस गर्न आयोगले पत्राचार गर्ने तयारी गरेको छ।

दलहरूले पठाएको सिफारिस आयोगले पुनः परीक्षण गरी नियमअनुसार भए/नभएको सुनिश्चित गर्नेछ। सबै प्रक्रिया पूरा भएपछि आयोगले समानुपातिक तर्फबाट चयन हुने ११० जना प्रतिनिधिसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ।

Post a Comment

Previous Post Next Post