कार्कीले औपचारिक बिदाइ नलिई जिम्मेवारी छाड्दै, बालुवाटारबाट निजी निवासतर्फ सर्ने तयारी
Image:Nimesh Jang Rai
काठमाडौं —
सुशीला कार्की अब प्रधानमन्त्रीको जिम्मेवारीबाट अलग हुने अन्तिम तयारीमा पुगेकी छन्। नयाँ नेतृत्वको रूपमा बालेन शाहले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्।
पद हस्तान्तरणको समय नजिकिँदै जाँदा कार्कीले औपचारिक रूपमा कुनै बिदाइ कार्यक्रम नगरी शान्त रूपमा जिम्मेवारीबाट अलग हुने संकेत दिएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीका अनुसार उनले कार्यालयमा अब नआउने जानकारी गराउँदै साधारण रूपमा बिदा लिने इच्छा व्यक्त गरेकी थिइन्।
यसबीच, सिंहदरबारस्थित कार्यालयमा रहेका उनका व्यक्तिगत सामग्रीहरू सचिवालयमार्फत हटाइसकिएको छ। बालुवाटारस्थित सरकारी निवासबा
ट पनि आवश्यक सामान क्रमशः टोखास्थित निजी घरमा सारिएको बताइएको छ।
ट पनि आवश्यक सामान क्रमशः टोखास्थित निजी घरमा सारिएको बताइएको छ।
कार्की अब पूर्वप्रधानमन्त्रीको हैसियतमा बस्ने भएकाले उनको निजी निवासमा आवश्यक सुरक्षा व्यवस्थापनको तयारी भइरहेको छ। स्रोतका अनुसार नयाँ प्रधानमन्त्रीको शपथ सम्पन्न भएलगत्तै उनी पूर्ण रूपमा निजी जीवनतर्फ फर्किने तयारीमा छिन्।
राजनीतिक वृत्तमा यो परिवर्तनलाई शान्तिपूर्ण सत्ता हस्तान्तरणका रूपमा हेरिएको छ, जहाँ नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेको छ।
