नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य वृद्धि, पेट्रोल यथावत्

नेपाल आयल निगमको नयाँ दर लागू, डिजेल–मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि

petrol price in nepal

नेपाल आयल निगमले डिजेल, मट्टितेल तथा आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य बिहीबार बिहान १२ बजेदेखि लागू भएको छ।

नयाँ दर अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ। पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

मूल्य समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा २३६ रुपैयाँ र तेस्रो वर्गमा २३७ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ।

Post a Comment

Previous Post Next Post